श्रीलंकाको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने
एजेन्सी, २८ असार । श्रीलंकाको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने भएको छ । शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका हुन् ।
रणतुङ्गाले- ‘जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताएका छन् । पार्टीले निर्णय गरे बमोजिम साउन १३ गते राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यसे अनुरूप अगाडि बढ्ने उनले बताएका छन् ।
शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि यहाँको राजनीतिक घटनाक्रम नयाँ ढङ्गले विकास भएको हो। तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले भने देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्मेवार रहेको बताएका छन् । पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरी बीच थुप्रै भीडन्त भएको रिपोर्टहरू आएका छन् ।
श्रीलंका सन् १९४८ स्वतन्त्रता प्राप्त गरेपछिको यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा प्रधानमन्त्री विक्रमासिंघेलाई आफ्नो पदबाट राजीनामा दिन लागेको बताएका छन् ।