देउवाविरुद्ध कोइरालाको आरोप पत्र
काठमाडौं, २७ असार । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लिखित रुपमै आरोप पत्र सार्वजनिक गरेका छन् ।
पार्टी कार्यालय सानेपामा जारी बैठकमा नेता कोइरालाले लिखित सम्बोधन गर्ने क्रममा नेतृत्वको कार्यशैली र व्यवहार काँग्रेस हितमा नभएको भन्दै आलोचना गरेका थिए । उनले पार्टी र सरकार दुवै सही ढंगबाट चल्न नसकेको भन्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाको आलोचना गरेका थिए ।
कोइरालाले आगामी निर्वाचनको सन्दर्भमा पनि गठबन्धन गरेर जाँदा भन्दा एक्लै जाँदा पार्टीलाई फाईदा हुने धारणा राखेका छन् । गठबन्धन गर्दा केही सिट बढी जिते पनि पार्टीको आदर्श र सिद्धान्त मासिने उनको चिन्ता थियो ।
उनले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगरेको भए अहिलेको भन्दा झनै राम्रो परिणाम ल्याउन सकिने धारणा राखे । गठबन्धन गर्दा आम काँग्रेसका कार्यकर्ता उत्साही नरहेको टिप्पणी समेत उनले गरेका छन् ।
यस्तो छ सभापति माथिको आरोप र बिचार: