नेपाललाई २२१ रनको लक्ष्य, सन्दीपको ४ विकेट
काठमाडौं, २७ असार । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग २ अन्तर्गत यस श्रृंखलाको पहिलो खेलमा नामिबियासँग खेल्दै छ ।
खेल जित्नका लागि नेपालले २२१ रनको विजयी लक्ष्य पाएको छ । नामिबियाले ४७.३ ओभरमा अलआउट हुँदै २२० रन बनायो । उसका लागि जान निकोल लोफ्टी इटनले सर्वाधिक ६० रन बनाए भने डिभान लाककले ४१ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए भने सोमपाल कामीले २ तथा करण केसी बासिर अहमद र दीपेन्द्रसिंह ऐरीले १ १ विकेट लिए ।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ ।