नेपाल र नामिबिया खेल्दै

 

काठमाडौं, २७ असार । आइसिसी विश्‍वकप लिग २ क्रिकेट अन्तर्गत आज नेपालले नामिबियासँग खेल्दै छ ।

स्कटल्यान्डको क्याम्बसडनमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

लिगको तालिकामा नेपाल हाल १६ खेलबाट १५ अंकसहित पाँचौं स्थानमा छ भने १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ ।

ब्याटिङमा कमजोर प्रदर्शन गरिरहेको नेपाल सुधारिएको प्रदर्शन गर्दै महत्वपूर्ण २ अंकको खोजीमा हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय