पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
तनहुँ, २५ असार । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको जामुने-खैरेनी सडकखण्ड अवरुद्ध बनेको छ ।
शुक्रबार रातिदेखि परेको वर्षापछि तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा शनिबार विहान पहिरो खसेपछि राजमार्ग दुईतर्फी रुपमा अवरुद्ध बनेको हो ।
सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको बताइएको छ ।