नबिल र नेपाल बङ्गलादेश बैंकका कारोबार सोमबारसम्म बन्द हुने

काठमाडौं, २५ असार । गाभिन लागेका दुई बैंक नबिल बैंक र नेपाल बङ्लादेश बैंकका सम्पूर्ण कारोबार सोमबारसम्म बन्द हुने भएका छन् ।

संयुक्त रुपमा सार्वजनिक सूचना जारी गर्दै बैंकले सो अवधिमा कारोबार अवरुद्ध हुने जानकारी गराएका हुन् ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंक लिमिटेडकै नामबाट एकीकृत कारोबार सञ्‍चालन गर्न दुवैको तथ्याङ्‍कहरुलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्नुपर्ने भएकाले कारोबार बन्द हुने जनाइएको छ ।

यसैबीच इसेवाले पनि यो समयमा दुवै बैंकसँग सम्बन्धित कारोबार बन्द हुने सूचना जारी गरेको छ ।

हेर्नुस् सूचना:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय