मिनीट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु

काठमाडौं, २४ असार । भक्तपुरमा बिहिबार बेलुका भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

ओभरट्याक गर्ने क्रममा मिनीट्रकले ठक्कर दिँदा भक्तपुर सल्लाघारी बस्‍ने माधव बस्‍नेतको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पूर्वराजा ज्ञानेन्द्रसँगको भेट…

    म बाहिरबाट आएर घरको भर्‍याङ चढ्दै थिएँ, टेलिफोनको घण्टी सुनियो । कोठाभित्र पसेर टेलिफोन उठाएँ । त्यस बेलाका त्रिभुवन विश्वविद्यालयका...