इंग्ल्यान्डसँगको टी-२० श्रृंखलामा भारतको विजयी सुरुवात

काठमाडौं, २४ असार । इंग्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले तीन खेलको टी-२० श्रृंखलामा विजयी सुरुवात गरेको छ । बिहिबार भएको पहिलो खेलमा भारतले इंग्ल्यान्डलाई ५० रनले हराएको हो ।

जीतका लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९.३ ओभर खेल्दै १४८ रनमा समेटियो । मोइन अलीले सर्वाधिक ३६ रन बनाए भने ह्यारी ब्रुकले २८ र क्रिस जोर्डनले २६ रन बनाए ।

भारतका हार्दिक पान्ड्याले ४ विकेट लिँदा अर्शदीप सिंह र युजवेन्द्र चहलले २-२ तथा भुवनेश्‍वर कुमार र हर्षल पटेलले १-१ विकेट हात पारे ।

त्यसअघि साउथह्‍याम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनायो । हार्दिक पान्ड्याले ५१ रन बनाउँदा सुर्यकुमार यादवले ३९ र दीपक हुडाले ३३ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डन र मोइन अलीले २-२ तथा रीश टोपली, म्याथिउ पार्किन्सन र टाइमल मिल्सले १-१ विकेट लिए ।

जीतसँगै भारतले श्रृंखलामा १ ० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय