मंसिर २ गते आम निर्वाचन गर्न सिफारिस

काठमाडौं, २२ असार । निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार एकै चरणमा आम निर्वाचन गर्नका लागि सरकारलाई सिफारिस गरेको छ ।

सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपषिदबाट निर्णय गर्नुपर्ने भएकोले बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको आयोग पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सुझाव दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग निर्वाचनकाे तयारीबारे पनि छलफल गरेका थिए । प्रधानमन्त्री देउवालाई ज्योतिषले मंसिर २ वा ५ गते निर्वाचनको मिति तोक्न सिफारिस भए राम्रो हुने भन्‍ने सन्देश पहिल्यै दिएको बुझिएको छ ।

ज्योतिष विज्ञानमा विश्वास गर्ने देउवा चुनाव जितेर छैठौंपटक प्रधानमन्त्री बन्‍ने दाउमा छन् । उनलाई ज्योतिषले ७ पटक नेपालको प्रधानमन्त्री बन्‍ने भविष्यवाणी गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय