थप ११३ जनामा कोरोना संक्रमण, दूईजनामा ‘बीए.५’ पुष्टि
काठमाडौं, २२ असार । पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट ९० जना तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैबीच नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ समेत पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गरेको जिन सिक्वेन्सिङ मार्फत परीक्षण गर्दा दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।