रामेछापमा बस दुर्घटना हुँदा कम्तिमा ९ को मृत्यु

रामेछाप, २१ असार । रामेछापमा बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको ज्यान गएको छ ।

रामेछापबाट काठमाडौं आउँदै गरेको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर २० जनाभन्दा बढी घाइते छन् । घाइतेको उद्दार कार्य भइरहेको जनाइएको छ ।

उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्‍न सक्ने प्रहरीको भनाइ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय