काँग्रेस पदाधिकारी बैठक आज

काठमाडौं, २१ असार । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनसहित समसामयिक राजनीतिक अवस्था र आगामी २७ गते हुने केन्द्रीय समिति बैठक लगायत विषयमा छलफल गर्न आज दिउँसो पदाधिकारी बैठक बोलाएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा स्थानीय तहको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका विधान लगायतका विषयमा पनि छलफल हुनेछ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍ने बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले सरकारले गरेका कामहरू र आगामी निर्वाचनमा हुने गठबन्धनका विषयमा समेत धारणा राख्‍न सक्ने बुझिएको छ ।

पार्टी नेता शेखर कोइराला पक्षले छुट्टै भेला बोलाएपछि काँग्रेसभित्र सरकार र पार्टी सञ्‍चालनका विषयमा बोल्नुपर्ने दबाब सभापति देउवालाई परेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय