रन्जु दर्शनाले काठमाडौं ५ बाट चुनाव लड्ने

काठमाडौं, १९ असार । रन्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी छन् ।

रन्जुले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न पाउँदा हर्षित भएको उल्लेख गरेकी छन् ।

यस क्षेत्रबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी सुपुत्री मानुषी यमी भट्टराई पनि चुनाव लड्ने तयारीमा रहेकी छन् ।

२०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए ।

त्यसबेला पोखरेलसँग काँग्रेसका प्रकाशशरण महत र विवेकशील साझाबाट उज्जवल थापा पनि प्रतिस्पर्धामा थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय