दल घोषणा गरेको केही दिनमै वामदेव निष्काशित !

काठमाडौं, १८ असार । नेकपा एकता राष्ट्रिय अभियान दल घोषणा भएको केही दिनमै वामदेव गौतम निष्काशनमा परेका छन् ।

दलमा आवद्ध प्रमुख चार पार्टी समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीले पाँच बुँदे आरोप लगाउँदै वामदेव गौतमलाई अभियानको संयोजक पदबाट निष्कासन गरेका हुन् ।

अब संयोजकको जिम्मेवारी अभियान सचिवालय सदस्य युवराज सफललाई  दिने निर्णय पनि गरिएको छ । वामदेव नेतृत्वमा सो अभियानले पार्टीको आकार लिएको एक साता पनि पुगेको छैन ।

वामदेव गौतम माथि लगाइएका पाँच बुँदे आरोपहरू यस्ता छन् :

१. सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको ।

२. अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको ।

३. जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको ।

४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको ।

५. सम्पुर्ण बामपंथी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय