आगो लगाएर श्रीमतिको हत्या गर्ने श्रीमान् पक्राउ

मोरङ, १८ असार । मोरङमा श्रीमतिलाई जलाएर हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । रङ्गेली नगरपालिका-१ विर्ताबजारकी ३१ वर्षीया बबिता मल्लिकको हत्या आरोपमा तिलक मल्लिक पक्राउ परेका हुन् ।

घरायसी विवादपछि शुक्रबार राति करिब १० बजे तिलकले श्रीमतिलाई मट्टितेल छर्की आगो लगाएको प्रहरीले जनाएको छ ।

आगलागीबाट उनीहरुको घर पनि जलेको छ । घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गम्भीर घाइते भएकी बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएकोमा उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय