नेपालले ओन्टारियोलाई हरायो
काठमाडौं, १८ असार । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जीत हासिल गरेको छ । नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको हो ।
जितको लागि २२१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १५१ रनमा अल आउट भयो । ओपनर रियाजखान पठानले सर्वाधिक ३६ रन बनाए भने नेपालका पूर्वखेलाडी नरेश बुढाऐरले २९ रन बनाए ।
नेपालका पवन सर्राफले ३ तथा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र किशोर महतोले २-२ विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले ५७ रन बनाए भने आसिफ शेखले ४२ रन बनाए ।
ओन्टारियोका लागि शील पटेलले ३ तथा अम्मर खालिद, कीनन टिन्टो, जडे पडमोर र दर्शिल पटेलले १-१ विकेट लिए ।