निर्वाचन आयोगमा रविको पार्टी दर्ता
काठमाडौं, १७ असार । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
असार ७ गते पार्टी घोषणा गरेर नामसहित आयोगमा दर्ता निवेदन दिएको १० दिनपछि आयोगले नाम स्वीकृत गरेको हो ।
शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराएका हुन् ।
त्यस्तै पार्टीको चुनाव चिन्ह गोलाकारभित्र घन्टी भएको पनि उनले जनाएका छन् ।