बाबुरामले किन भेटे प्रचण्डलाई ?

काठमाडौं, १७ असार । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

जसपाभित्रको विवाद चुलिएपछि पार्टी विभाजनसम्म पुग्‍न लागेका बेला भट्टराईले बिहीबार बिहान उपराष्ट्रपति निवासमा प्रचण्डसँग भेटघाट गरेका हुन् ।

करिब १ घण्टासम्म चलेको भेटवार्तामा के विषयमा कुरा भयो भन्‍नेबारे भने आधिकारिक रुपमा कसैबाट पनि खुलाइएको छैन । भट्टराई पुनः माओवादीमै फर्कन लागेका हुन् कि भन्‍ने आंकलन गरिएको छ ।

यद्यपि स्रोतका अनुसार प्रचण्डले भट्टराईलाई पार्टीमै ल्याउने कोसिस गरिरहेको र त्यो सम्भव नभए समाजवादी केन्द्र बनाएर भए पनि सँगै राख्‍ने प्रयत्‍न गरिरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...