बट्लर इंग्ल्यान्डको कप्तानमा नियुक्त

एजेन्सी, १६ असार । विकेटकिपर ब्याट्सम्यान जस बट्लर इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले बिहीबार बट्लरलाई एकदिवसीय र टी-२० क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो ।

यसअघि मङ्गलबार विश्वकप विजेता कप्तान इयान मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए र उपकप्तान रहेका बट्लरले नयाँ जिम्मेवारी पाएका हुन् ।

३१ वर्षीय बट्लरको कप्तानीमा इंग्ल्यान्डले जुलाईमा भारतविरुद्ध एकदिवसीय र टी-२० सिरिज खेल्नेछ ।

टोलीको टेस्ट फर्म्याटका कप्तान भने बेन स्टोक्स रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय