शेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको वृद्धि

काठमाडौं, १६ असार । शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि उकालो लागेको छ । बिहिबार नेप्से ७४.९३ अंकले बढेर २ हजार भन्दा माथिको बिन्दुमा उक्लिएको छ ।

बुधबार नेप्से ४१ अंकले बढेको थियो । कारोबार रकम समेत बुधबारको तुलनामा बिहीबार बढेको छ ।

आज २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपैयाँ बराबरको कारोबार भएको छ भने सबै उपसमूहमा हरियाली देखिएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहँदा शेयर बजारमा उछाल देखिएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय