काँग्रेस उपसभापति सवार गाडी ठुलो दुर्घटनाबाट जोगियो

काठमाडौं, १६ असार । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् । उनी सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको हो ।

अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले जानकारी दिएका छन् । उनले आफू सकुशल रहेको जनाए ।

उनले ट्‍वीटरमा फोटो राख्दै लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्‍न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’

गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए ।

उनीहरु ओखलढुंगा घर भएका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदै थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय