नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौं, १५ असार । शेयर बजार नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेको छ । ४१.३९ अंकले बढेर नप्से १९६२.७१ को बिन्दुमा पुगेको छ ।
त्यसैगरी कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ ।
बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री भएको थियो ।
बुधबारको दोस्रो बजारमा धेरै कमाउने तीन कम्पनीमा क्रमशः आँधीखोला लघुवित्त, सीवाईसी लघुवित्त र बरुण हाइड्रोपावर कम्पनी रह्यो । यस्तै धेरै गुमाउनेहरुमा मैलुङखोला जलविद्युत्, नेपाल इन्भेष्टमेन्ट बैंक डिभेन्चर २०८४ र नबिल ब्यालेन्स फन्ड रह्यो ।
बुधबार कारोबारमा आएका २२८ कम्पनी मध्ये ९ कम्पनीको सेयर मूल्य बढेको थियो भने ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।