राज्यमन्त्री विमला वलीद्वारा राजीनामा

बुटवल, १५ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले बताएको छ ।

केही समयअघि दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि उनी विवादमा आएकी थिइन् ।

त्यसबारे छानविन गर्न सरकारले समिति समेत गठन गरेको थियो । त्यसै छानविन समितिलाई सघाउन भनेर उनले राजीनामा दिएको स्रोतको भनाइ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय