नयाँ पार्टी घोषणा गर्दै वामदेव

काठमाडौं, १४ असार । नेपाल कम्यूनिष्ट पार्टी एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले मङ्गलबार नयाँ पार्टीको घोषणा गर्दै छन् ।

निर्वाचन आयोगमा दर्ता भएका र नभएका गरी पाँचवटा दलसँग मिलेर गठन गरेको पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान रहेको छ ।

पार्टीको संयोजकमा गौतम आफैं रहने छन् भने पदाधिकारीमा डिबी कार्की रहेका छन् ।

अन्य पदाधिकारी नरहने र ६९ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुने प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

आज अपरान्ह ३ बजे पत्रकार सम्मेलनबाट पार्टी घोषणा गरिने भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय