बुटवल-पाल्पा सडक अवरुद्ध

फाइल तस्वीर

काठमाडौं, १४ असार । पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडक अवरुद्ध बनेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै सडक माथिबाट पहिरो खस्दा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।

ठूला ढुंगासहित पहिरो खसेको र पहिरो झर्न नरोकिएकाले सडक सञ्चालन हुन केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय