कोटेश्‍वरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

काठमाडौं, १४ असार । कोटेश्‍वरमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

कोटेश्‍वरबाट बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएर त्यसपछि विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किन पुगेको थियो ।

हायसको ठक्करबाट घाइते भएका पैदलयात्रुको मृत्यु भएको छ भने हायसको अगाडिको भाग क्षतविक्षत भएको छ ।

हायसका सहचालक घाइते भएका छन् चालक फरार छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय