आयरल्यान्डविरुद्ध भारतको विजयी सुरुवात
काठमाडौं, १३ असार । आयरल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले टी-२० श्रृंखलामा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको हो ।
वर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा १०९ रनको विजयी लक्ष्य भारतले ९३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । भारतका दीपक हुडाले सर्वाधिक ४७ रन बनाए भने कप्तान हार्दिक पान्ड्याले २४ रनको योगदान गरे । आयरल्यान्डका क्रेग योंगले दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित १२ ओभरमा ४ विकेट गुमाउँदै १०८ रन बनाएको थियो । आयरल्यान्डका युवा ब्याटर हेरी टेक्टरले सर्वाधिक ६४ रन बनाए । भारतका स्पिनर युजभेन्द्र चहल एक विकेट लिए ।
दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।