पर्यटनमन्त्री प्रेम आलेद्वारा राजीनामा
काठमाडौं, १२ असार । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।

आलेले शुक्रबार ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको स्रोतले जनएको छ।

मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गरेका छन् ।