म प्रधानमन्त्री भए मात्र देश नयाँ युगमा: प्रचण्ड

काठमाडौं, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् ।

शुक्रबार नेपाल पर्वतारोहण संघको कार्यक्रममा बोल्दै उनले पहिलोपटक प्रधानमन्त्री सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिना बितेको र दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै कुरा सुधार गर्ने प्रयास गरेको बताए ।

अब अर्को पटक देशको नेतृत्व गर्ने मौका पाउने हो भने देखा परेका विसंगतीहरुमाथि प्रहार गर्दै देशलाई नयाँ युगमा लैजानुपर्छ भन्‍ने आफ्नो सपना रहेको कुरा पनि प्रचण्डले व्यक्त गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...