कालीखोलामा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन, १० असार । पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध बनेको छ ।
आज विहान इच्छाकामना-६ कालीखोलामा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा छ ।

पहिरो हटाउने प्रयास जारी छ भने बाटो खुल्न केही समय लाग्ने बताइएको छ ।

अत्यावश्यक काम बाहेक यो बाटोमा यात्रा नगर्न सुझाव दिइएको छ ।