अफगानिस्तान भूकम्प: मृतकको संख्या हजार नाघ्यो

एजेन्सी, ८ असार । अफगानिस्तानमा बुधबार मध्यराति आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

त्यसैगरी अहिलेसम्म अहिलेसम्म १५०० भन्दा बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको जानकारी दिएका छन् ।

तालिवानका नेता हिब्तुल्लाह अखुन्दजादले अनुसार उद्धारकर्ताहरुले भत्किएका घरमा पुरिएकाहरुको खोजी जारी राखेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो पछिल्लो २ दशकमा अफगानिस्तानमा गएको खतरनाक भूकम्प हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय