अफगानिस्तानमा शक्तिशाली भूकम्प, दुईसयभन्दा बढीको मृत्यु
एजेन्सी, ८ असार । अफगानिस्तानमा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । बुधबार मध्यराति गएको भूकम्पमा परी कम्तिमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् ।
![](https://www.parewanews.com/wp-content/uploads/2024/01/1200-px100-px-QR-Teller.gif)
सामाजिक सञ्जालमा आएका तस्बिरबाट घाइतेको सङ्ख्या अनुमान गरिएको छ । सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो ।
![](https://www.parewanews.com/wp-content/uploads/2024/01/Worldlink-Pubg-1200-x-100.gif)
जानकारीका अनुसार भूकम्पको धक्का अफगानिस्तान, पाकिस्तान र भारतसम्मै महसुस गरिएको थियो ।