एसिसी टी-२० महिला क्रिकेट: नेपाल हङकङसँग पराजित

काठमाडौं, ७ असार । मलेसियामा जारी एसिसी महिला टि२० च्याम्पियनसिपमा नेपालले पहिलो हार व्यहोरेको छ । नेपाललाई हङकङले ७ विकेटले हराएको हो ।

जीतका लागि ११० रनको विजयी लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जीतमा प्रमुख ब्याटर मारिको हिलले सर्वाधिक ४५ रनको योगदान दिईन् ।

नेपालका लागि संगिता राईले २ विकेट लिइन् भने सीता रानामगरले एक विकेट लिइन् ।

त्यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । नेपालकी कप्तान रुविना क्षेत्री ३२ रनमा अविजित रहिन् ।

यो हारसँगै नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल खेल्ने सम्भावना लगभग सकिएको छ । नेपालले समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय