अबेर राति अलमुताइरीले भने- ‘नेपाल सधैं मेरो मुटुमा रहनेछ’

काठमाडौं, ६ असार । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण छाड्ने संकेत गरेका छन् । सोमबार अबेर राति उनले फेसबुकमा स्टोरी राख्दै नेपाली फ्यानलाई धन्यवाद दिएका छन् ।

उनले सो क्रममा उनले भनेका छन्, ‘नेपाली टोलीलाई भविष्यका लागि शुभकामना । साथै नेपाली समर्थकलाई पनि धेरैधेरै धन्यवाद । सबै कहानीको एउटा अन्त्य हुन्छ । नेपाल सधैं मेरो मुटुमा रहनेछ । माया र समर्थनका लागि धेरै धन्यवाद’।

उनको यस स्टाटसलाई अखिल नेपाल फुटबल संघ एन्फाको चुनावसँग जोडेर हेरिएको छ। एन्फाको निर्वाचनबाट सोमबार बेलुका नै पंकज विक्रम नेम्वाङ अध्यक्षमा नियुक्त भएका छन् ।

नेम्वाङले जितेको खण्डमा अलमुताइरीको नेपाल बसाइ सकिने आकलन पहिले नै गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय