वायुसेवा निगमका अध्यक्ष अधिकारी निलम्बित
काठमाडौं, ६ असार । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
पछिल्लो समय नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेसँग अधिकारीको सम्बन्ध राम्रो थिएन ।
आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो ।