हात्तीको आक्रमणबाट घरमै सुतिरहेका आमा-छोराको मृत्यु

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट घरमै सुतिरहेका आमा-छोराको मृत्यु भएको छ।

राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका-२३ बेलहट्टामा आमा २१ वर्षीय आशिका बोटे र छोरा ४ वर्षीय भरत बोटेको मृत्यु भएको हो।

आफ्नै निवासमा सुसिरहेका बेला अचानक आएको हात्तीको आक्रमणबाट उनीहरुको मृत्यु भएको जनाइएको छ। जंगली हात्ती गाउँ छिरेपछि स्थानीय आतंकित छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय