आफैं भोट नहाल्ने उम्मेदवार !

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको मतदान सकिएर गणना सुरु हुन लागेको छ। अबको केही घन्टामा नतिजा सार्बजनिक पनि हुनेछ।

तर, एकजना उम्मेदवारले भने आफैंलाई र अध्यक्ष सहित अन्य उम्मेदवारलाई भोट नदिएको तथ्य सार्बजनिक भएको छ। गुल्मीका राजेन्द्र अर्याल आफैं उम्मेदवार भएपनी भोट नदिइ घरमै सुतेर बसेका हुन् । एमाले निकट प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यका उम्मेदवार समेत हुन् ।

प्रेस चौतारीबाटै प्रतिनिधि बनेका अर्याल केपी शर्मा ओलीका निकट हुन् । यद्यपि उनलाई बचन दिएर पनि केन्द्रीय सदस्य उम्मेदवार भएपछि ओलीको प्यानलमा भने पारिएन। त्यसपछि खुल्ला केन्द्रीय सदस्यमा भोट दिनुस् भन्दै हिडेका अर्याल मतदानको समयमा भने आफैं अनुपस्थित भए। महाधिवेशनमा भोट नदिने ३६ जना मध्य अर्याल एक हुन् । तर, उम्मेदवार भएर पनि भोट नहाल्ने उनिमात्रै हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय