आइतबार र सोमबार सार्बजनिक बिदा

काठमाडौं । सरकारले आइतबार र सोमबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ।

लगातार वर्षाका कारण उत्पन्न आपत्कालीन अवस्थाको मूल्याङ्कन गर्दै आइतबार र सोमबार दुई दिन बिदा घोषणा गरेको हो।

अहिले देशभर भीषण पानी परिरहेको छ। यो क्रम सोमबारसम्म रहने बताइएको छ। दसैंमा घर गएकाहरु फर्किन नसक्ने र राजमार्गमा समेत जताततै पहिरो गएको कारण सार्बजनिक बिदा दिनुपरेको सरकारको भनाइ छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय