पाँच बर्षिया नातिनीदेखी ७८ बर्षिय हजुरआमा सम्म नाचे छमछमी

नेपाली महिलाको मुख्यपर्व तीज नजिकिएसँगै घर वरिपरिका छरछिमेक,अफिसका साथीहरू,आमा समूह र विभिन्न समाज मिलेर ‘दर’ खान सुरु भैसकेको छ।

हिजो जनैपुर्णिामादेखि तिथिले साउनको व्रत सकिए लगत्तै हरेक होटल,पार्टी प्यालेस र सार्वजनिक भवनहरुमा तीजको रमाइलो जमघट र नाचगान सुन्न र देख्न थालिएको छ। नागपन्चमीदेखि नेपालीको चाडपर्व सुरु हुने भएपनि जनैपुर्णिामादेखि चाहिँ तीज विशेष कार्यक्रम भब्य हुनेगरेको छ।

आइतबार काठमाडौंको मित्रपार्कमा पनि तीजको यस्तै रौनक देखियो। जहाँ पाँच बर्षिय नातिनीदेखि ७८ बर्षकि हजुरआमा सम्मले छमछमी नाचेर रमाइलो गरे। एकै थलोमा एक सय जना भन्दा बढी आफन्त जम्मा भएर रमाइलो गर्ने कार्यक्रमको ब्यबस्थापन चाहिँ  धर्मरत्न क्रमिक बचतले गरेको हो। संस्थाका अध्यक्ष रामबाबु पौडेल सहितको समितिले खोटाङ हलेसी सल्लेबाट काठमाडौं आएर बस्ने पौडेल परिवार भित्रैका एक सय जना भन्दा बढी महिलालाई एकै ठाउँमा जम्मा गराएर कार्यक्रम गरेको सदस्य परमेश्वर पौडेलले बताए।

उनका अनुसार झन्डै ६ दशक पहिलेदेखी एउटै बाजेबजैका काठमाण्डौं बसाइ सरी आएका सन्ततीहरूले ‘तीजदर तथा भेटघाट कार्यक्रम’ आयोजना गरेका हुन। तीजको अवसर पारेर परिवार भित्रका महिलालाई एकै ठाउँमा भेला गराई एक अर्काबीच परिचय तथा भेटघाट गराउन पाइएकोमा अध्यक्ष रामबाबु पौडेलले खुशी ब्यक्त गरे। एउटै बाजे/बज्यैका सन्तानको पारिवारिक र सामाजिक भेटघाट अनि रमाइलो पनि हुँदा सबैले उक्त कार्यको खुलेर प्रशंसा गरेका थिए। दिउँसो २ बजेदेखी सुरु भएको कार्यक्रम साँझसम्म चलेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय