नेसपा(नयाँ शक्ति) गण्डकीले देखायो पारदर्शी हिसाब

काठमाडौं । स्वाधीनता, संघीयता, सुशासन, समृद्धि, समुन्नत समाजवादको नारा लिएर वैकल्पिक शक्ति निर्माणमा लागिरहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आफ्नो कार्यक्रममा हुने आम्दानी र खर्चको पनि पारदर्शिता देखाएको छ।

हरेक कार्यक्रम सम्पन्न भएपछि आम्दानी र खर्च सार्बजनिक गर्ने सो पार्टीको असार ९ र १० गते कास्कीको अन्नपूर्ण गाउँपालिका लुम्ले स्थित कृषि अनुसन्धान केन्द्रमा बसेको प्रदेश बैठकको आम्दानी र खर्च पनि सार्वजनिक गरिएको नेसपा (नयाँ शक्ति) गण्डकी प्रदेश संयोजक नेत्र चापागाईंले जानकारी दिए ।

जसअनुसार गण्डकी प्रदेश बिस्तारित बैठकको आम्दानी ८० हजार ५ सय र खर्च ८५ हजार ५ सय भएको संयोजक चापागाईंले जानकारी दिए। उनका अनुसार सहभागी शुल्कबाट ६७ हजार,
कृष्ण गौतम र फणिन्द्र देवकोटाबाट सात जार, हरी वस्ताकोटीबाट दुइ हजार,फणिन्द्र देवकोटाबाट पुनः ४ हजार पाँच सयलाई आम्दानी अन्तर्गत देखाइएको छ।

यसैगरी खर्चमा दुई दिनको खाना/खाजा ७६ हजार, हल भाडा ९ हजार,बास व्यवस्थापन १० हजार पाँच सय र पत्रकार सम्मेलन ४ हजार ५ सय गरि १ लाख खर्च भएकोमा लुम्ले कृषि केन्द्रले १४ हजार ५ सय सहुलियत दिएको कारण खर्च ८५ हजार ५ सय भएको छ। यो कार्यक्रममा पार्टीको प्रदेश समितिलाई ५ हजार खर्च अपुग भएको गण्डकी संयोजक चापागाईंले बताए।

सो विस्तारित आवासीय बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष डा. बाबुराम भट्टराई, महासचिव सोनाम सिंह स्याङतान,प्रदेश उत्प्रेरक तथा गण्डकी सरकारका जलस्रोत,सिंचाइ र खानेपानी मन्त्री फणिन्द्र देवकोटा लगायत प्रदेश भित्रका नेता उपस्थित थिए।

बैठकले संगठन सम्बन्धी गरेका निर्णयहरूमा भदौ १४ गतेसम्म वडा तहको सम्मेलन सम्पन्न गर्ने, भदौ २१ गतेसम्म स्थानीय तह सम्मेलनहरू सम्पन्न गर्ने, भदौ २८ गतेसम्म अङ्गिक, पेशागत संगठन तथा मोर्चा सम्मेलनहरू सम्पन्न गर्ने र कात्तिक १५ गते गण्डकी प्रदेश सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको गण्डकी प्रदेश सम्मेलन आयोजक समितिको संयोजक नेत्र चापागाईंले बताए।

त्यसैगरी जनपरिचालन अन्तर्गत स्थानीय मुद्दा अनुसार स्वस्फूर्त जनसंघर्ष कार्यक्रम सञ्चालन गर्न सकिने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जनजागरण अभियान सञ्चालन गर्ने बताइएको छ। यस्तै भ्रष्टाचारविरुद्ध सशक्त विरोध कार्यक्रम गर्न यान प्रसाद भट्ट (सरोज)लाई संयोजक बनाइएको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा भएको भ्रष्टाचारविरुद्ध तथ्यसहित कडा संघर्ष कार्यक्रम सञ्चालन गर्न टिकाराम पौडेललाई संयोजक तोकिएको छ। पोखरा बसपार्क निर्माणका लागि दबाब अभियान सञ्चालन गर्न तिलक तिवारीलाई संयोजक बनाइएको छ।
त्यसैगरी नेसपा(नयाँ शक्ति)ले श्रावण ११ गते बिहान ११ बजे गण्डकी प्रदेशका ११ जिल्लामा एकैपटक प्रदर्शन गर्ने निर्णय पनि गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय