मिराज ईन्स्टिच्युटमा ‘वेक एन्ड सेल’ सम्पन्न

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको मिराज इन्स्टिच्युट फर भोकेसनल एजुकेजन एन्ड रिसर्चले आफ्ना विद्यार्थीको सक्रियता र सहभागितामा ‘वेक एन्ड सेल’ कार्यक्रम सम्पन्न गरेको छ।

असार ८ गते आइतबारदेखि सुरु भएको कार्यक्रममा ईन्स्टिच्युटमा सिक्दै गरेका र पुराना विद्यार्थीको सहकार्य रहेको थियो। जसमा विद्यार्थीले ईन्स्टिच्युटको कक्षा कोठा,किचनदेखी आफ्नै घरको किचनमा तयार पारेका विभिन्न परिकारलाई डिस्प्ले गर्दै बिक्रि समेत गरेका थिए। त्यसैगरी प्रदर्शनीको अघिल्लो दिन विद्यार्थीलाई फिल्ड भिजिटमा समेत लगिएको मिराज ईन्स्टिच्युटका निर्देशक योगेश बस्ताकोटीले जानकारी दिए।

‘वेक एन्ड सेल’ को दिन प्रशिक्षार्थी विद्यार्थीले आफुले सिकेको शीप र ज्ञानको भरपुर उपयोग गर्दै सहभागिता जनाएका थिए। त्यसैगरी प्रशिक्षार्थीहरुले तयार पारेको बेकरी आइटमहरु आफ्नै कार्यालय परिसरबाट बिक्रि पनि गरिएको थियो।

सो समयमा डा.निकिता काफ्लेको नेतृत्वमा डेन्टल सर्भिस, बैंकिङ परामर्श र अन्य बिषयमा पनि जानकारी दिइएको थियो। मिराज ईन्स्टिच्युटका संचालक तथा अध्यक्ष  बबिता दुलाल,निर्देशक योगेश बस्ताकोटी र प्रशिक्षक प्रमुख प्रदीप सापकोटा लगायतले विद्यार्थीलाई आवश्यक सहजीकरण गरेका थिए।

तस्वीरहरु : अनुपराज शाही/मिराज

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय