बजेटमा कागेश्वरी मनोहरा (हेर्नुस् विस्तृत)

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले संघीय बजेटबाट प्रयाप्त योजनाहरु पारेको छ। नगर प्रमुख उपेन्द्र कार्कीको पहलमा केन्द्र सरकार अन्तर्गतका मन्त्रालय तथा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने संघीय सांसद समेतले नगरको योजनामा समन्वय गरेका थिए।

नगर प्रमुख उपेन्द्र कार्कीले  नगरका विकास आयोजनालाई मुर्त रुओ दिन धेरै पटक सम्बन्धित ठाउँमा घच्घच्याउने र योजनाबारे जानकारी गराउने काम गरिरहेका थिए। सोही अनुसार जेठ १५ को बजेटबाट नगरमा धेरै योजनाहरु समावेश भएको देखिन्छ।

कागेश्वरी नगरपालिका अन्तर्गत मनोहरा करिडोर ढल निर्माण, सडक निर्माण र नदि नियन्त्रण वागमती सुधार आयोजनाका लागि ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

त्यसैगरी वडा नं.५ कान्तिपुर क्याम्पसमा पूर्वाधार स्तरोन्नतिका लागी ४ करोड, वडा नं.६ कागेश्वरी मनोहरा नगर अस्पताल स्तरोन्नति योजनालाई ३ करोड, मनोमत्ता, कागेश्वरी महादेव खोला, मनोहरा खोला डाँछी र शालीनदि क्षेत्रमा करिडोर ढल निर्माण, सडक निर्माण र नदि नियन्त्रण वागमती सुधार आयोजना अन्तर्गत ४ करोड बजेट परेको छ।

त्यस्तै सघन शहरी विकास कार्यक्रम अन्तर्गत कागेश्वरी मनोहरामा एकिकृत शहरी पूर्वाधार विकास कार्यक्रम सघन शहरी विकास कार्यक्रम अन्तर्गत ४ करोड,कागेश्वरी लोकतान्त्रिक शहिद मार्ग स्तरोन्नति बस्ति विकास कार्यक्रमलाई  ३ करोड,मनोहरा दरबार पार्क, वडा नं. ७ र ८ को सिमानामा रहेको गोठाटार क्रियापुत्री भवन, ऐतिहासिक पाटी, पार्क निर्माण, वडा नं. ३ पवित्रपार्क निर्माण तथा किर्तिपुर नपा ६ अजय मार्ग संगै पार्क निर्माण बस्ति विकास कार्यक्रम अन्तर्गत ३ करोड परेको छ।

यसैगरी कागेश्वरी मनोहरामा माउण्टेन म्युजियम निर्माणका लागि र त्यससँगै  टोखामा पार्क निर्माण, बुढानिलकण्ठ सडक निर्माण बस्ति विकास कार्यक्रमलाई ३ करोड बिनियोजन भएको छ।

कागेश्वरीको वडा नं.१ लुन्बा टोल हुँदै गोलेटोल सौराडाँडा सम्म जाने सडक स्तरोन्नति कार्य बस्ति विकास कार्यक्रमलाई २० लाख परेको छ भने वडा नं.१ कै टटे खोला खहरे लामिडाँडा सडक स्तरोन्नति कार्य बस्ति विकास कार्यक्रमलाई २५ लाख बजेट परेको छ ।

त्यस्तै वडा नं.१ गागल घर्तोंग बुकुनै सडक स्तरोन्नति कार्य बस्ति विकास कार्यक्रमलाई २५ लाख,वडा नं.१ कै सिद्धि गणेश मन्दिर बाट पिपल डाँडा जोड्ने कल्भर्ट निर्माण बस्ति विकास कार्यक्रमलाई ४० लाख र वडा नं.१ घट्टे खोला खहरे लामी डाँडा सडक बस्ति विकास कार्यक्रमलाई २५ लाख परेको छ ।

त्यसैगरी वडा नं.२ थापा गाउँ बस्नेत गाउ सडक निर्माण कार्य बस्ति विकास कार्यक्रमलाई २५ लाख,वडा नं.२ काभ्रे देखि कटुवा जोड्ने सडक स्तरोन्नति कार्य बस्ति विकास कार्यक्रमलाई ४० लाख,वडा नं.२ सुर्य मण्डली थापा गाउँ सडक निर्माण ३ करोड परेको छ।

उता वडा नं.४ पेप्सीकोला बाघधारा हुँदै खात्रिपोखरी सम्म सडक स्तरोन्नति कार्य बस्ति विकास कार्यक्रमलाई ७० लाख,वडा नं.३ भद्रबास स्थित चापाटारी मन्दिरमा पार्क निर्माण तथा पर्ती जग्गा संरक्षण कार्य बस्ति विकास कार्यक्रमलाई ४० लाख,वडा नं.३ ढुंगे धाराबाट चापाटारी हुँदै थापा डाँडा सम्म सडक स्तरोन्नति कार्य बस्ति विकास कार्यक्रमलाई २५ लाख र वडा नं.३ स्वास्थ्य चौकी देखि स्याल डाँडा हुँदै वडा कार्यालय सम्म सडक स्तरोन्नति बस्ति विकास कार्यक्रमलाई २५ लाख तथा वडा नं.३ स्वास्थ्य चौकी-स्याल डाँडा-वडा कार्यालय सडक स्तरोन्नति बस्ति विकास कार्यक्रमलाई २५ लाख बजेट परेको छ।

त्यस्तै वडा नं.४ नयाँपाटि जोर गणेश मन्दिर परिसर पूर्वाधार स्तरोन्नति कार्य बस्ति विकास कार्यक्रमलाई ४० लाख,वडा नं.४ डाँछी वृद्धआश्रम निर्माण आयोजना कार्य बस्ति विकास कार्यक्रमलाई २५ लाख,वडा नं.४ पार्क निर्माण तथा पार्क सम्म जोड्ने सडक स्तरोन्नति कार्य बस्ति विकास कार्यक्रमलाई ४० लाख,वडा नं.४ दुर संचार थापा डाँडा कृष्ण चौर अड्डापाटी सडक स्तरोन्नति कार्य बस्ति विकास कार्यक्रमलाई ७० लाख,वडा नं.४ मनोहरा खोला सिमानामा पूर्वाधार स्तरोन्नति कार्य बस्ति विकास कार्यक्रमलाई ७० लाख,वडा नं.४ ब्राम्हखेल साउनेमुल चाँपाटार सडक निर्माण बस्ति विकास कार्यक्रमलाई २५ लाख परेको छ।

त्यस्तै वडा नं.६ मनकामना टोल पूर्वाधार निर्माण कार्य बस्ति विकास कार्यक्रमलाई २५ लाख,वडा नं.८ ऐतिहासिक नेवा हिटी पुनः निर्माण कार्य बस्ति विकास कार्यक्रमलाई २५ लाख,वडा नं.८ श्री तेज विनायक मा.वि. परिसर पूर्वाधार निर्माण कार्य बस्ति विकास कार्यक्रमलाई २५ लाख,वडा नं.८ श्री कृष्ण प्रणामी नवतन धाम परिसर सुधार पूर्वाधार विकास कार्य बस्ति विकास कार्यक्रमलाई ७० लाख,वडा नं.९ मन्दिर महानटार देखि क्रियापुत्री भवन सम्म सडक स्तरउन्नति कार्य बस्ति विकास कार्यक्रमलाई २५ लाख,वडा नं. ९ र का.म.पा. ३२ को बिचमा पूर्वाधार निर्माण कार्य बस्ति विकास कार्यक्रमलाई ७० लाख,वडा नं.९ विरेन्द्र चोक देखि क्रियापुत्री भवन सम्म सडक स्तरोन्नति कार्य बस्ति विकास कार्यक्रमलाई ७० लाख बजेट परेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय