१६ घन्टापछि बिपी राजमार्ग खुल्यो

काठमाडौं । बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार भत्काएको डाइभर्सन मर्मत गरिएसँगै १६ घन्टापछि यातायात सुचारु भएको छ।
गत असोजमै भत्किएको सडक हिजो सोमबारको बाढीले पुनः अवरूद्ध भएकोमा दिउँसोदेखि दुई तर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले मर्मतपछि बिपी राजमार्ग पुन: सञ्चालनमा आएको जानकारी दिए।
बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक सोमबार राति थप क्षति पुर्याएको थियो। प्रहरी टोली तथा स्थानीयका पहलमा मंगलबार बिहानैदेखि एकतर्फी खुलाइएको थियो।
गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको छ। प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको थियो।

