मध्यराति पाकिस्तानको ९ ठाउँमा भारतीय आक्रमण

काठमाडौं । मंगलबार मध्यरातमा भारतले पाकिस्तानका विभिन्न ९ ठाउँमा आक्रमण गरि युद्धको सुरुवात गरेको छ। भारतले पाकिस्तान लक्षित गरि ‘अपरेशन सिन्दूर’ नाम दिएर आक्रमण गरेको विभिन्न संचार एजेन्सीले जनाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी आफैं रातभर नसुती पूरै ध्यान कश्मिरमा चलाइएको ‘अपरेशन सिन्दूर’मा लगाएका छन् । एएनआईका अनुसार प्रधानमन्त्री मोदीले ९ वटा ठेगानामा हमला सफल भएको प्रतिक्रिया समेत दिएका छन् । आक्रमण अझै जारी रहने उनको भनाइ छ।
भारतीय सेनाले अतिवादी गतिविधि गरेको आरोपमा जैश ए-मोहम्मद र लश्कर-ए तैवाका शीर्ष नेतृत्व रहेका क्षेत्रलाई निशाना बनाएको र आक्रमणका लागि तिनै क्षेत्रहरु छनोट गरेको थियो। त्यसपछि सुरुभएको ‘अपरेशन सिन्दूर’का कारण भारतका हवाई उडानहरु पनि अस्तव्यस्त भएका थिए । इंडिगो एयरलाइन्सले उत्तरी भारतको आकाशमा हवाई क्षेत्रमा आएको परिवर्तनका कारण कयौं उडान प्रभावित भएको बताएको छ । उसका अनुसार श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बीकानेरबाट आउने जाने सबै उडानहरु प्रभावित भएका छन् ।
पाकिस्तानमाथि भारतले गरेको आक्रमणको कोडनेम ‘अपरेशन सिन्दूर’ दिइएको र जसको जानकारी अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रुसलाई दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
आक्रमणमा भएको क्षती खुलेको छैन। पाकिस्तानले पनि यसबारे मुख खोलेको छैन।

