भोलिदेखी राष्ट्रबैंक गभर्नर बिहिन !

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भोलि चैत ५ गतेदेखि अनिवार्य बिदा ‘फोर्स लिभ’मा बस्ने भएपछि राष्ट्रबैंक गभर्नर बिहिन हुने भएको छ।

आफ्नो कार्यकाल समाप्त हुनुअगावै उनी १० दिनका लागि फोर्स लिभमा बस्न लागेका हुन् । अधिकारी चैत ५ देखि १५ गतेसम्म अनिवार्य बिदामा बस्न लागेका हुन् ।

गभर्नर अधिकारी कार्यकाल सकिनुअघिको एक महिने बिदाभन्दा राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बस्न लागेको सहायक प्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।’गभर्नरसाब राष्ट्र बैंक बोर्डबाट पास भएको कर्मचारीहरूले पाउने अनिवार्य १० दिन बिदा बस्न लाग्नुभएको हो,’ पोखरेलले भने, ‘उहाँ चैत ५ देखि १५ गतेसम्म फोर्स लिभमा बस्न लाग्नु भएको छ । चैत १५ देखि २२ गतेसम्म उहाँ हाजिर हुनुहुन्छ । २२ गते उहाँ राष्ट्र बैंकबाट बिदा हुँदै हुनुहुन्छ ।’

चैत २४ गते आइतबार रामनवमी परेको हुँदा शुक्रबार नै अधिकारीको बिदाइ हुने बताइएको छ । यता सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रिया नै अघि बढाउन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु पौडेल एमाले निकटलाई गभर्नर बनाउने तयारीमा छन् भने नेपाली कांग्रेसले पनि गभर्नर आफ्नो मान्छे बनाउन प्रयत्न गरिरहेको छ। स्रोतका अनुसार गभर्नर बन्ने दौडमा राष्ट्रबैंककै अधिकृत सहित निजि बैंकका सिइओ र पुर्व अर्थ सचीवहरु समेत रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...