समर्थकको भिड सहित पुर्व राजा निर्मल निवास पुगे

 

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दिउँसो काठमाडौं आइपुगेका छन् । काठमाडौंमा राजावादीले उनको समर्थनमा प्रदर्शन गर्दै स्वागत गरेका थिए।

अपराह्न ४ बजेतिर पोखराबाट काठमाडौं आइपुगेका ज्ञानेन्द्र शाह हजारौं समर्थक लिएर निर्मल निवास पुगे। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र बचाउ अभियानका नेताकार्यकर्ताले उनलाई विमानस्थलदेखि निजि निवास पुर्‍याएका थिए।

समिट एयरको ९ एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत काठमाडौं आएका पुर्व राजालाई त्रिभुवन विमानस्थलबाहिर समर्थकहरूले स्वागत गर्दा प्रधानमन्त्री केपी शर्मा ओली सहित गणतन्त्र विरुद्ध नारा लगाएका थिए। उनलाई स्वागत गर्न कमल थापासहितका नेताहरू विमानस्थल पुगेपनि समर्थकको भिड र प्रहरी सुरक्षाकर्मीको बाक्लो उपस्थितिले उनीहरु बिच गोप्य कुरा भए हुन पाएन।

ज्ञानेन्द्रको विमान ल्यान्ड हुनु अघिदेखी समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ नारा लगाइरहेका थिए । दिउँसोदेखि समर्थकको र्‍यालीले गर्दा काठमाडौंको तिनकुने,कोटेश्वर,सिनामंगल,गौशाला र चाबहिल क्षेत्रमा यातायात अस्तव्यस्त बनेको थियो। ज्ञानेन्द्रको आगमनलाई मध्यनजर गरेर बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय