मेयर कार्कीलाई मातृशोक

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर एवं नेपाली काङ्ग्रेसका महासमिति सदस्य उपेन्द्र कार्कीलाई मातृशोक परेको छ।
मेयर कार्कीको आमा सरिता कार्कीको ७७ बर्षको उमेरमा शनिबार दिउँसो ३ बजे कागेश्वरी नगरपालिका स्थित घरमै निधन भएको हो।स्व.सरिता कार्की बिगत लामो समय देखि दम रोगबाट पिडित भै उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ।
स्व.सरिता कार्कीका एक छोरा हाल कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र ५ छोरी छन् ।
स्व.कार्कीको शनिबार राती नै पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ। मृतकलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेताकार्यकर्ता सहित स्थानीय र शुभचिन्तकको ठूलो समुह पशुपति आर्यघाट पुगेको थियो।

