०८२ सालमा जम्मा २८ दिन बिदा,दसैंमा ६ दिन र तिहारमा ५ दिन

काठमाडौं । सरकारले ०८२ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।
राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार ०८२ वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षमा जम्मा २८ दिन सार्वजनिक बिदा हुनेछ । यसमा दसैँका ६ र तिहारका ५ दिनको बिदा पनि समावेश छ ।
यसबाहेक वर्षभरि परेका शनिबारमा पनि सार्वजनिक बिदा हुनेछ ।यस्तै, महिलाहरूको तीजसहित सम्बन्धित धर्म, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि हुने सार्वजनिक बिदाको सूची छुट्टै छ ।
हेर्नुस बिदाहरू :

