शिव मन्दिर जादै गरेको गाडी कालीगण्डकीमा खस्यो


काठमाडौं । महाशिवरात्रीको दिन तिर्थालु बोकेर जाँदै गरेको निजि गाडी कालीगण्डकी नदिमा खसेर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

वेनी-जोमसोम-कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ को सुकेबगरदेखि नारच्याङ तर्फ जादै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीमा खसेको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।

सो दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दुर्घटनामा परि सो भ्यानका चालक समेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए ।

दुर्घटनामा सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको छ ।

नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकदेखि करिब एक सय ५० मिटर तल कालीगण्डकी नदी किनारमा खसेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय