पशुपतिमा महाशिवरात्रीको चहलपहल

महाशिवरात्रीको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर वरपर श्लेशपान्त वन,मृगस्थली,गुहेश्वरी,गौरीघाट र वनकाली क्षेत्रमा चहलपहल बढेको छ।

बुधबार शिवरात्री परेको छ। देशका विभिन्न ठाउँदेखि छिमेकी भारतबाट समेत तिर्थालु र ब्रतालु पशुपति आउनेक्रम जारी छ। त्यसैगरी धेरैजसो नागा बाबा,अघोरीबाबा र सन्त महात्माहरु पशुपति आइसकेका छन् ।

पशुपति क्षेत्र विकासले यसपटक शिवरात्रीमा लामो लाइन बस्न नपर्नेगरी ब्यबस्था मिलाएको छ । २ सेकेन्ड मै दर्शन गरेर निस्कने अवस्था भित्र मिलाइएको छ भने बाहिर लाइन ब्यबस्थित गर्न ४ हजार भन्दा बढी सुरक्षाकर्मी र स्वयंसेवक खटाइएको छ ।
हेरौं तस्वीर :


